भिडियो खेल्दै सम्राज्ञी

फिल्म । डेब्यु फिल्म ‘ड्रिम्स’ मार्फत नै एक किसिमको दर्शक कमाएकी एक्ट्रेस साम्राज्ञी आरएल शाहम्युजिक भिडियोमा देखा पर्दिनन् भन्दा फरक नपर्ला । किनकी उनलाई डेब्यु फिल्म सफल भए यता धेरै भिडियो अफर भएका छन् , यद्दपी अभिनय मात्र दुइमा गरेकी छिन । नट्टु शाहको भिडियाे र आफ्नै आमाको गीतमा पूर्व प्रेमी देवांश राणासँग साम्राज्ञीले भिडियो खेलेकी छिन् । त्यस बाहेक उनलाई भिडियोमा देखिएको छैन । त्यसैले उनि म्युजिक भिडियोमा खासै नदेखिने एक्ट्रेसमा पर्छिन् ।

तर , उनले यसपटक आएको अफरलाई स्वीकार गर्दै भिडियो गर्ने निर्णय लिईन । उनलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।

गीतमा कोरियोग्राफी माईकल चन्दको रहनेछ । गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्