नम्रताको जन्मदिनमा ‘जाइरा’ को पोष्टर

फिल्म । आफुले पाएको भूमिकालाई न्याय गर्ने कलाकारमा पर्ने नम्रता श्रेष्ठले आफ्नो जन्मोत्सव फिल्म युनिटसंग साटेकी छिन् । उनको रिलिजको क्रममा रहेको फिल्म ‘जाइरा’ को पोष्टर सार्वजनिक गर्दै उनले केक काटेकी हुन् । ‘आजबाट ३३ वर्षमा प्रवेश गरे , निकै खुसि छु’ उनले भनिन् । जाइरामा लेडी फाइटर देखिएकी नम्रताले फिल्मकै कारण आफुले बाल्यकाललाई समेत सम्झिएको बताइन । ‘बच्चामा अलि फाइटर जस्तै थिए , त्यसलाई फिल्मले ताजा गर्यो’ नम्रताले भनिन् ।

उनि आफ्नो र टिमको मेहनत पर्दामा देखिनेमा विश्वस्त छिन् । उनलाई फिल्मका निर्देशक आशुतोष श्रेष्ठ , कलाकारहरु अनुप विक्रम शाही , रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरीसंगै कार्यकारी निर्माता प्रशन्न गोपालीले केक खुवाएका थिए । उनले झन्डै ५ वर्ष अगाडीको तयारीमा जाइरा निर्माण भएको बताइन । ‘आशुतोषले झन्डै ५ वर्ष अगाडीबाट काम सुरु गरेको हो र कामसंगै उ परिपक्क हुँदै आञो नम्रताले निर्देशकको तारिफ गरिन् । भदौ ६ गते रिलिज हुने फिल्ममा नायिका श्रेष्ठ मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्