ब्याडम्यानले हेरे प्रिमियरमा ‘द म्यानफ्रम काठमाण्डौ’

फिल्म । केहि दिन यता बलिउडमा ब्याडम्यानको ट्याग पाएका प्रख्यात कलाकार गुलशन ग्रोवर नेपालमा छन् । उनि आफु अभिनित पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रिमियरसँगै पब्लिसिटीमा सहभागी हुन् काठमाण्डौ आइपुगेका हुन् । शुक्रबार मुम्बई फर्किने तयारीमा रहेका गुलशनले विहिवार आयोजित प्रिमियर फिल्म हेरे । फिल्म हेर्नु अगाडी उनले आफु निकै एकसाइटेड रहेको बताएका थिए ।

‘मेरो लागि नेपाली फिल्म भएकोले महत्वपूर्ण छ नै साथै निर्देशक पेमा र निर्माता नकिमजीको लागि यो निकै महत्वपूर्ण छ’ उनले मिडियासँग कुराकानी गर्दै भने ‘यो फिल्मले मेकिङमा नयाँ पन ल्याउनेमा विश्वस्त छु ।’ फिल्ममा उनि एक नेताको भूमिकामा छन् । सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस फिल्ममा जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, आना शर्मा , शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । यसफिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।

नेपाल र अमेरिकामा फिल्म खिचिएको फिल्म अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । राजधानीमा आयोजित प्रिमियर शो मा फिल्म हेर्न अधिकांस कलाकर्मीको उपस्थिति रहेको थियो । उद्योगपति विनोद चौधरी आफ्नो श्रीमती सहित उपस्थित भएका थिए भने दीपकराज गिरी , दीपाश्री निरौला , नीता ढुंगाना , वर्षा राउत , सन्जोग कोइराला , नम्रता श्रेष्ठ , विनय श्रेष्ठ , शिल्पा मास्के लगायतका कलाकारसँगै फिल्म टिमको उपस्थिति रहेको थियो ।

Facebook Comments