राजामौलीले ‘राधे श्याम’ हेरेपछि के भने ?

फिल्म । प्रभास यो समयमा साउथ इन्डियन फिल्मका दर्शक मात्र होइन , विश्वभर परिचित अभिनेता बनिसकेका छन् । यसको श्रेय जान्छ , निर्देशक एसएस राजामौलीलाई । उनि निर्देशित ‘बाहुबली’ सिरिज मार्फत प्रभासले आफ्नो परिचय फैल्याउन सफल भए । ‘बाहुबली’ पश्चात प्रभासको फ्यान फ्लोईङ यसरि बढ्यो कि , त्यसको हिसाब नै छैन । यिनै प्रभासले साहो पछि अभिनय गरेको फिल्म ‘राधेश्याम’ आजबाट प्रदर्शनमा आएको छ ।

प्रदर्शन अगावै गरिएको स्पेसल शोमा फिल्म हेर्ने निम्तो पाएर निर्देशक राजामौली पनि पुगेका थिए । प्रभासको निम्तोमा फिल्म हेर्न पुगेका राजामौलीले के प्रतिक्रिया दिए ? यो जिज्ञाषा धेरैमा छ । भारतीय मिडियाका अनुसार निर्देशक राजामौलीले फिल्म हेरेपछि केहि सुधार गर्न आग्रह गरेका छन् । यस्तै उनले फिल्मलाई नराम्रो प्रतिक्रिया दिएपनि राम्रो भन्न नसकेको भारतीय मिडियामा उल्लेख छ । यसको आधारमा फिल्म ठीकठाक मात्र रहेको हुन् सक्ने अनुमान भारतीय मिडियाले गरेका छन् । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्