फिल्म । यो वर्ष सन् २०२० लाई बलिउडको ठुलो प्रोडक्सन हाउस यशराज फिल्म्सले ‘गोल्डेन इयर’ को रुपमा सेलिब्रेट गर्दैछ । यश चोपडाले सन् १९७० मा यसको स्थापना गरेका थिए जसको बागडोर पछिल्लो समय उनका छोरा आदित्य चोपडाले सम्हाली रहेकाछन् । यसैक्रममा स्थापनाको ५० औ वर्षमा यशराज व्यानरबाट ठुला फिल्म आउने अनुमान यतिबेला बलिउडमा गरिएको छ । त्यसो त व्यानारले केहि रेगुलर फिल्म पनि लिएर आउदैछ । त्यस बाहेक केहि ठुलो घोषणा हुनेछ , जसको तयारीमा यतिबेला टिम लागिरहेको छ । केहि फिल्म रिलिज हुदैछन् भने केहि घोषणा ।
पृथ्वीराज
पछिल्लो समय बलिउडमा एक्ट्रेसको रुपमा निकै प्रतिक्षा गरिएको सन् २०१७ कि मिस वर्ल्ड २०१७ मानुषी छिल्लरलाई लिएर यशराज फिल्म्सले ‘पृथ्वीराज’ लिएर आउदैछ । निर्माण कम्पनिले विश्वसुन्दरी छिल्लर र खिलाडी एक्टर अक्षयको जोडी रहने फिल्म ‘पृथ्वीराज’ को घोषणा गर्दै केहि छायाँकन पनि गरेको छ । फिल्म पृथ्वीराज चौहानको भूमिकामा अक्षय देखिनेछन् । फिल्मलाई चन्द्रप्रकास द्विवेदीले निर्देशन गर्ने भएका छन् भने यो बायोपिक फिल्म हो । अक्षयले यस अगाडी पनि सन् २००० की मिस वर्ल्ड प्रियंका चोपडासंग पनि पहिलो पटक अनस्क्रिन रोमान्स ‘अन्दाज’ फिल्ममा गरेका थिए । फिल्ममा संजय दत्त , अमित साध , मानव विज लगायतको पनि अभिनय रहनेछ भने यसलाई दर्शक सन् २०२० मा रिलिज गर्ने तयारी गरिएको छ । यद्दपी पछिल्लो परिस्थितिले यो सम्भव देखिएको छैन ।
जयेशभाई जोरदार
बलिउडमा पछिल्लो समय सफलताको सिढी चढिरहेका अभिनेता रणवीर सिंह नयाँ फिल्ममा गुजराती युवकको भूमिकामा देखिनेछन् । फिल्मको केहि समय अगाडी सार्वजनिक लुक्समा रणवीर गुजराती लुक्समा देखिएका छन् । उनि दुरुस्तै देखिएका हुन् । ‘जयेशभाई जोरदार’ नामक फिल्मकै लागि रणवीरले वजन समेत घटाएका छन् । भारतीय क्रिकेटर कपिल देवको बायोपिकको काम सकाए लगतै उनले रम-कम सुरु गरेका हुन् । यसलाई दिव्यांग ठक्करले निर्देशन गरिरहेका छन् भने यसमा रणवीरको को-स्टार शालिनी पाण्डे छिन् । यसलाई यशराज फिल्मसले निर्माण गरिरहेको छ ।
शमशेरा
रनबीर कपूरलाई लिएर यतिबेला यशराज फिल्म्सले निर्माण गरिरहेको अर्को फिल्म हो , शमशेरा । फिल्ममा रनबीर डाकुको सरदारको भूमिकामा देखिने छन् । फिल्ममा संजय दत्त पनि छन् । केहि समय अगाडी नै छायांकनमा जाने भनिएता पनि फिल्मको काम सुरु हुन् सकेको छैन । यसको पनि सुरुवात यहिँ वर्ष सन् २०२० मा हुने चर्चाछ ।
धुम सिरिज
यशराज फिल्म्सले सफल सिरिज मध्य लिईन्छ , धुमलाई पनि । बलिउडमा प्रतिक्षित सिरिजमै यो पर्ने गरेको छ । फिल्ममा को भिलेनको रुपमा देखिने हुन् ? भन्ने जिज्ञाषा र गसिप उत्तिकै हुन्छ , बि-टाउनमा पनि । यसको पहिलो भागमा जोन अब्राहम , दोस्रोमा ऋतिक रोशन र तेस्रोमा आमिर खान देखिएका छन् , यसैले गर्दा पनि यसको चर्चा र चासो बढ्दो छ । यसको चौथो सिरिजको घोषणा पनि यहिँ वर्ष अर्थात सन् २०२० मा हुने सम्भावना छ । फिल्ममा भिलेनको रुपमा ऋतिक वा शाहरुख मध्य एक हुने चर्चा पनि छ ।
वार सिरिज
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘वार’ पनि सफल रह्यो । बलिउडका दुइ स्टार ऋतिक रोशन र टाइगर श्राफ एकसाथ देखिएकै कारण चर्चामा रहेको फिल्मले दर्शकको साथ् उत्तिकै पाएको हो । फिल्ममा ऋतिकलाइ लिएर अगाडी बढाउने सम्भावना प्रसस्त भएकोले यशराज फिल्म्स टिमले यतिबेला होमवर्क समेत गरिरहेको छ । यहिँ वर्षनै यसको सिरिज घोषणा गर्ने तयारी समेत रहेको छ ।
टाइगर सिरिज
यशराज फिल्म्सकै व्यानरमा निर्माण भएको सलमान खान अभिनित फिल्म ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ सफल रह्यो । फिल्ममा सलमान र कट्रिना कैफको जोडी रुचाइयो । यसैले गर्दा पनि आदित्य चोपडाले यसको सिरिजलाई अगाडी बढाउने निर्णय गरेका छन् । यद्दपी सलमानको समय लिएर मात्र फिल्मको घोषणा गरिनेछ । यतिबेला आदित्य आफैले सलमानसंग कुरा अगाडी बढाएका छन् । सलमानको पछिल्लो फिल्म ‘भारत’ को वितरणमा समेत यशराज फिल्म्सले सघाएको थियो । यसैले गर्दा पनि आदित्यले उनलाई रिक्वेस्ट गरेका छन् । यद्दपी सलमानको पाइपलाइनमा धेरै नै फिल्म रहेको छ ।
रनबीर र टाइगरलाई लिएर फिल्म
यशराज फिल्मले ऋतिक रोशन र टाइगर श्राफको जोडीलाई पहिलो पटक पर्दामा ल्याएसंगै आउँदो वर्ष गोल्डेन इयरमा टाइगर र रनबीरको जोडीलाई लिएर फिल्म बनाउने तयारी थालेको छ । एक्सन , थ्रिलर फिल्ममा यी दुइसंगै चर्चामा रहेकी एक्ट्रेसले स्क्रिन शेयर गर्नेछिन् । टाइगरको काम देखि इम्प्रेस भएका आदित्यले रनबीरसंग यसबारे कुरा अगाडी बढाएका छन् । यदि रनबीरले सहमति दिन्छन भने दर्शकको लागि नया भिजुअल ट्रिट हुनेछ ।
यशराज फिल्म्सले आफ्नो स्थापना वर्षको हाफ सेन्चुरी पार गरेको अवसरमा तयारी थालेता पनि पछिल्लो समय विश्वमै फैलीरहेको कोरोना भाइरस (कोभिड १९) ले यसलाई असर गर्ने देखिएको छ । यशराजले बनाएको सेड्युल अनुसार यतिबेला काम अगाडी बढ्न सकेको छैन । यद्दपी यशराज फिल्म्सका तर्फबाट आदित्यले केहि महत्वपूर्ण घोषणा भने गर्ने बुझिएको छ । त्यहि अनुरुप तयारी थालिएको खबर भारतीय मिडियामा आइरहेका छन् । (एजेन्सी सहयोगमा)










