सुर्योदय देख्ने अभिनेता

फिल्म । बलिउडमा खिलाडी एक्टर भनेर चिनिने अक्षय कुमार फिट छन् । उमेरले ५० औँ वसन्त पार गरिसकेका अक्षयको रफ्तार उहिँ छ । उनि फिट हुनुको कारण भने उनको मेहनत नै हो । किनकी उनको लाइफ अनुसासित छ । उनले यसलाइफलाई आफुले इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको प्रेसरमा यसलाइफलाई जिएको होइन , यसलाई मा इन्जोय गर्छु’ अक्षयले भने । उनले विगत दुइ दशक यता आफुले हरेक दिन सुर्योदय देख्ने गरेको बताएका हुन् । आफ्नो बुवा आर्मी भएकोले आफुमा यो वानीको विकास भएको समेत उनले बताए । ‘म गर्व गर्छु कि हरेक दिन सुर्योदय हेर्न पाउछु’ अक्षयले भने ‘म बिहानै ४ बजे उठ्छु , किनकी यो मैले नै आफुलाई बनाएको नियम हो ।’ उनले छायाँकन पनि विहानको समयमा गर्ने गर्छन् । उनको सेटमा रहने कलाकारले प्राय विहानैको सेड्युल बनाउनु पर्छ । उनि छायाँकन स्थलसम्म हिडेर जाने र त्यहाँबाट होटेल पनि हिडेर आउने प्रयास गर्छन् । ‘हामीले आफूलाई अनुसासित बनायौ भने त्यसले दीर्घकालमा फाईदा दिन्छ’ अक्षयले भने । (एजेन्सी)

कमेन्ट गर्नुहोस्