क्याप्टेन : दुई नयाँ पोस्टर रिलिज

फिल्म । यसवर्षको प्रतिक्षित फिल्म ‘क्याप्टेन’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका लिड क्यारेक्टर अनमोल केसीलाई फुटवलरको रुपमा प्रस्तुत गरिएको छ । फिल्मको सार्वजनिक दुई पोस्टर मध्य एकमा अनमोल एक्लै छन् भने दोस्रोमा उनिसँग सुनिल थापा र प्रशान्त ताम्राकारसँगै छन् । सार्वजनिक दुई पोस्टरलाई टौवा क्रिएसनले तयार पारेको हो । रिलिज डेट फागुन १७ तोकिएको फिल्ममा अनमोलसँगै सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् । अनमोल अभिनित अघिल्ला फिल्मबाट पनि अभिनेत्रीहरुले डेब्यु गरेका थिए । फुटवलरको कथा देखाइएको फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

केहि समय अगाडी फिल्मको रिलिज डेटलाइ लिएर विभिन्न चर्चा चलिरहेको थियो ,यसैले गर्दा पनि निर्माण पक्षले डेट सहितको पोस्टर सार्वजनिक गरिएको बुझिएको छ । यहिँ विहिबार फिल्मको ‘रहर छ सँगै हुने’ बोलको गीत सार्वजनिक गर्दैछ । जसमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन् ।

कमेन्ट गर्नुहोस्