फिल्म । सुपरहिरोलाई लोकप्रिय बनाउने हलिउड फिल्म कम्पनि मार्भल स्टुडियोको विभिन्न सिरिजलाई निर्देशन गर्दै चर्चामा आएका निर्देशक रुसो ब्रदर्सले पछिल्लो समय ‘ढाका’ नामक फिल्म बनाइ रहेका छन् । फिल्ममा थोर सिरिजका हिरो क्रिस हेम्सवर्थ लिड रोलमा छन् । फिल्मको अधिकांस दृश्यको छायाँकन भारतमा गरिएको छ ।
फिल्मको घटनाक्रम भारतमै रहेकोले टिमले शुटिङ लोकेसन पनि त्यहि अनुरुप चयन गरेको हो । यसै क्रममा फिल्मको केहि दृश्यलाइ पुनः शुटिङ गर्नु पर्ने भएकोले क्रिस अर्थात् थोर भारत आउँन लागेका हुन् । उनले आफ्नो केहि दृश्यको छायाँकन गर्नेछन् । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने उनि दिपावली सकिए लगतै भारत पुग्नेछन् । उनको छायाँकन लोकेसन हैदराबाद हुने सक्ने अनुमान गरिएको छ यद्दपी स्थानीय लाइन प्रोड्युसरले यसबारे केहि खुलाएका छैनन् । उनि झन्डै एक हप्ता भारतमा हुनेछन् ।











