फिल्म । कोरोना भाइरस (कोभिड १९) महामारी विश्वका अधिकांस देशमा पुगिसकेको छ । सामाजिक दुरी कायम गरेर यसको महामारी रोक्न सकिने भएकोले विश्वका अधिकांस देश लकडाउनमा छ । हलिउड र बलिउडका कयौ ठुला फिल्म रोकिएका छन् , जुन रिलिजको अन्तिम तयारीमा थिए । यसैले गर्दा पछिल्लो समय निर्माताको रोजाई ओटिटी बन्न थालेको छ ।
बलिउडका केहि आश गरिएका फिल्म सिधै ओटिटीमा रिलिज हुदैछ । यसैबीच मल्टीप्लेक्स असोसियशन अफ इण्डियाले भारत सरकारलाई सुरक्षा अपनाएर फिल्म हल खोल्ने प्रस्ताव पेश गरेको छ । सूचना तथा प्रसारण मन्त्रालयसँगै सम्पूर्ण प्रान्तलाई एसोसियसनले आफ्नो सुरक्षाको प्लान पठाएको छ । ओटिटीमा भटाभट फिल्म रिलिज हुन् थालेपछि भारतका हल संचालक चिन्तित बनेका छन् ।
कोरोना भाइरसकै बीच दर्शकको सुरक्षालाई लिएर गरिएको प्लानमा सरकार सकारात्मक रहे फिल्म हल खुल्नेछन् । पेश गरिएको सुरक्षा प्लानलाई २ महिनासम्म निरन्तरता दिने बताइएको छ । यद्दपी सरकारले कुनै प्रतिक्रिया दिएको छैन । भारतमा कोरोना भाइरसबाट ३ हजार ५ सय बढीको मृत्यु भईसकेको छ । १ लाख १७ हजार भन्दा बढी संक्रमित छन् भने ४५ हजार ३ सयले संक्रमणलाई जितेर घर फर्किएका छन् । (एजेन्सी)
#BreakingNews… Multiplex Association of India submits enhanced safety and precautions plan for cinemas to Information & Broadcasting Ministry and various state governments… VERY IMPORTANT DEVELOPMENT… pic.twitter.com/Ssof6kZcIk
— taran adarsh (@taran_adarsh) May 20, 2020










