मुहारमा रञ्‍जित र केकी (भिडियो)

संगीत । प्रताप दास र गीता राईको स्वरमा रहेको गीत ‘मुहारमा…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा टेलिभिजनकर्मी रञ्‍जित पौडेल र केकी अधिकारी फिचर्ड छन् । यी दुइको प्रेम भावलाई भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा हिंमाशु रायमाझी ‘गोधुली’को शब्द, भीम विसीको सङ्गीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने यसलाई बुद्ध थापाले छायांकन गरेका हुन् । गीतमा विकाश धमलाको सम्पादन रहेको छ । गीतलाई चर्चित भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्