राष्ट्रिय चलचित्र दिवस

फिल्म । आज ‘राष्ट्रिय फिल्म दिवस’। गत असार १३ गते मन्त्रिपरिषद्को बैठकले घोषणा गरेपछि यो दिनले औपचारिक मान्यता पाएको छ । वि.सं. २०२२ असोज १५ मा पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउने निर्णय भएको फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए ।

दसैँका कारण औपचारिक कार्यक्रम नभए पनि फिल्मकर्मीहरूले भर्चुअल माध्यमबाट यो दिवसको खुसी साटासाट गरिरहेका छन् । सामाजिक सञ्जालमा फिल्मकर्मीहरूले यो दिन आफ्ना लागि विशेष रहेको सन्देश प्रवाह गरिरहेका छन् । यससँगै ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’ मध्ये कुन पहिलो नेपाली फिल्म हो भन्ने लामो समयको अन्योल पनि टुङ्गिएको छ । आजैबाट नेपाली फिल्मले ६ दशकको यात्रा पूरा गरेको छ। पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, माओवादी सशस्त्र द्वन्द्व हुँदै डिजिटल युगसम्म आइपुग्दा नेपाली फिल्मले अभूतपूर्व विकासको साक्षी बनेको छ।

कमेन्ट गर्नुहोस्