प्रणवानन्द आश्रममा मनाईयो पौड्यालको जन्मदिन

फिल्म । निर्माता, राजनीतिज्ञ तथा समाजसेवी उद्धव पौडेलको जन्मदिन पशुपति गुह्यश्वरीमा अवस्थीत प्रणवानन्द आश्रममा मनाईको छ । त्यहाँ रहेका बालबालिकालाई भोजना तथा शिक्षामा सहयोगगरी फिल्म निर्देशक तथा पौड्यालका छोरा निरक पौडेलको श्रीमती अनिसा पौडेलको साथमा नातीनातिनीहरु आयरा, जोया र भुभव पौडेलले आश्रममा रहेका स-साना बालबालिकाहरुसँग खुसी साटेर जन्मदिनमा भावनात्मक सम्बन्ध बढाएका छन् ।

सामाजिक कार्यमा सक्रिय रहेको उद्वव पौडेल फाउन्डेसनको आयोजना रहेको जन्मोत्सव समारोहमा आश्रममा रहेका सम्पूर्ण व्यक्तिहरुलाई खाना खुवाउनेसंगै मिष्ठान्न भोजन गराईएको छ । प्रणवानन्द आश्रम नेपालमा रहेका बाल बालिकाहरुसँग जन्मदिनको खुसी साट्न पुगेका पौडेल परिवारले आगामी दिनमा समेत संस्थामा रहेका बालबालिकाहरुको शिक्षामा सहयोग जारी राख्ने बताएका छन् । राजनीतिज्ञ पौडेल भने देशबाहिर रहेकाले उक्त अवसरमा सहभागी भएनन् ।

कमेन्ट गर्नुहोस्