‘डिग्री माइला हाम्रो समाजको पेन्डुलम पात्र हो’ : दयाहाङ

फिल्म । अभिनेता दयाहानङ राई र निर्देशक रामबाबु गुरुङ दर्शकसँगै फिल्मकर्मीको लागि पनि विश्वाशिलो नाम बनिसकेका छन् । उनीहरूले सँगै काम गर्दा नेपाल मात्र नभई डायस्पोरामा पनि उही विश्वासका साथ दर्शक हलसम्म आउछन । यही समूहले निर्माण गरेको ‘डिग्री माइला’ प्रति अहिले दर्शकको विश्वास बढिरहेको छ ।

‘कबड्डी’ शृंखलाको शैलीबाट बाहिर ल्याउन खोजिएको फिल्ममा अभिनेता राईले डिग्री पास बेरोजगारको कथालाई पेश गरेका छन् । उनको पात्रले देशमा धेरै युवाको आवाज बोल्ने र शैलले पनि गाउँको माइलाको झल्को दिएको छ । यो कथालाई ठूलो पर्दामा ल्याउने योजना पहिले बनेता पनि अहिले अवस्था अनुकुल भएकाले आट गरिएको अभिनेता राईले बताए ।

‘रामबाबुले पनि गाउँमा यस्तै क्यारेक्टर देखेको रहेछ । त्यसैले यो क्यारेक्टरमा फिल्म बनाउने हामीले त्यही बेला प्रण गरेका थियौँ । तर विभिन्न कारणले त्यो समय बनाउन सकेनौँ । कबड्डी बन्यो । अहिले हामी सक्षम भएकाले यसलाई ल्याएका हौँ’, अभिनेता राईले भने । उनले यो फिल्ममा ‘डिग्री माइला’ को आचरण र स्वभावलाई अगाडि ल्याएको बताए ।

‘हामीले नाटकलाई नै चलचित्रमा ल्याएका छैनौं, डिग्री माइला भन्ने पात्रलाई ठूलो पर्दामा ल्याएका हौँ, मध्यम फरक भएकाले प्रस्तुतीकरणसँगै पटकथामा भिन्नता छ, यो पात्रको मध्यमले देशमा देखिरहेको बेरोजगारीलाई भन्नु पर्छ भन्ने लगेर नायक बनाउँदा नै चलचित्रको सोच आएको थियो, उक्त समयमा हामीले चलचित्र आटन सकेनौँ, अहिले अवस्था प्रतिकूल भएकाले ठुलो पर्दामा आउँदै छ’, अभिनेता राईले भने ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानमै आधारित रहेको यसको कथासार तयार गरिएको छ । आगामी चैत ३० गते प्रदर्शन हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठ तथा राइली एसशिनको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्