सहयोगी पुष्प

फिल्म । अभिनेता पुष्प खड्काले आफ्नो जन्मथलो कैलालीमा रहेको ‘सहारा घर’ लाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् । बर्दगोरिया माघी मेलामा सहभागी हुन जाने क्रममा उनले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिँदै आएको ‘सहारा घर’ लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका हुन् । अनाथ र असहायलाई सहयोग गर्न पाउँदा उनी खुसी देखिएका छन् ।

मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत ‘सहारा घर’ लाई सहयोग गरेको पुष्पले जनाएका छन् । फिल्मसँगै म्यूजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ । ‘अझै पनि’ बाट सहायक चरित्रमा डेब्यू गरेका उनले ‘दर्पण छाँया २’ बाट लिड रोलमा ब्रेक पाएका थिए । तर, नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो ।

कमेन्ट गर्नुहोस्