फिल्म । पछिल्लो समय भारत समस्या ‘एसिड अट्याक’ पनि हो । यसकै कारण कयौंले ज्यान समेत गुमाउनु परेको छ भने केहिले आत्मबल समेटेर अगाडी बढेका छन् । यसै क्रममा बलिउडकी इस्युमा काम गर्ने निर्देशक मेघना गुल्जारले ‘छपाक’ फिल्म निर्देशन गरेकी छिन् । एसिड अट्याकमा परेकी लक्ष्मी अग्रवालको कथामा निर्मित फिल्ममा दीपिका पादुकोण लिड रोलमा छिन् । उनले लक्ष्मीको भूमिका निर्वाह गरेकी छिन् । तलवार र राजी निर्देशन गरेर आफुलाई प्रमाणित गरेकी मेघनाले फिल्म गत शुक्रबारबाट प्रदर्शनमा आएको छ भने यसले राम्रो समिक्षा पनि बटुलिरहेको छ । तर , फिल्म एउटा विवादमा फसेको छ ।
फिल्म रिलिज अगाडी लक्ष्मीकि वकिल अर्पना भट्टले फिल्म हेरेपछि विरोध जनाउदै फिल्म रिलिजमा रोक लगाउन मांग गरेकी थिइन् । उनले सामाजीक सञ्जाल मार्फत फिल्मका मेकरले आफुलाई उचित क्रेडिट नदिएको भन्दै विरोध गरेकी थिइन् । फिल्म निर्माण प्रक्रियामा उनले सघाएको तर निर्माण टिमले उचित क्रेडिट नदिएको गुनासो उनको छ । ‘मैले लक्ष्मीको लागि फ्रीमा केस लडे अब मेरो लागि को लड्छ ?’ प्रश्न खडा गर्दै उनले फिल्म रिलिज रोक्नु पर्ने मांग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । अर्पणाको मुद्दामा सुनुवाई गर्दै दिल्ली उच्च न्यायालयले फिल्म प्रदर्शनमा राेक लगाएकाे छ।
अदालतको आदेश अनुसार फिल्म जनवरी १५ देखि मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र जनवरी १७ देखि कुनै पनि ठाउँमा रिलीज हुन सक्ने छैन । यसअघि पटियाला हाउस अदालतले निर्माण कम्पनिलाई क्रेडिट दिन आदेश दिएकाे भएता पनि फिल्म निर्माण कम्पनी फक्स स्टुडियोले ट्रायल अदालतको आदेशलाई उच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको सुनुवाइ भएपछि उच्च अदालतले ट्रायल अदालतको निर्णय सुरक्षित राख्यो र मेघना गुलजारलाई अपर्णा भट्टलाई क्रेडिट दिन आदेश दियो । (एजेन्सी)










