बलिउडका लागि कन्ट्रोभर्सी

फिल्म । भारतीय मोडल पूनम पाण्डे भिडियोका कारण बेलाबखतमा चर्चामा आउने गरेकी छिन् । केहि फिल्ममा समेत अभिनय गरेकी पूनमलाई उनको ग्लामर छविकै कारण दर्शकले स्मरण गर्ने गरेका छन् । केहि समय अगाडी आफ्नो एक प्लेटफर्म क्रिएट गरेर एडल्ट सामग्री समेत अपलोड गर्ने गरेकी पूनमले आफुले भारतीय कानुन विपरित कुनै कार्य नगरेको बताएकी छिन् । एक वेब शोमा सहभागी भएकी पूनमले मिडियाले बारम्बार उठाउने केहि प्रश्नको सामना गर्दै आफु क्यामेरामा देखिने भन्दा बिल्कुलै फरक रहेको बताएकी हुन् ।

‘म एकदमै नर्मल केटी हुँ । म कन्ट्रोभर्सीमा रमाउने केटी होइन । यद्दपी सल्लाह गलत पाउँदा र बलिउडमा स्थापित हुन् मैले ती सब कार्य गरेकी हुँ’ पूनमले भनिन् । उनले आफु टिनएज पार गरे लगतै बलिउडमा आएको हुँदा पनि सहि निर्णय लिन नसकेको स्वीकारिन । उनले आफुले केहि नगर्नु पर्ने कार्यहरु गर्नुमा गलत सल्लाह नै रहेको बताइन । ‘मलाइ जे सल्लाह दिइयो , त्यहिँ अनुसार अगाडी बढे । यदि लाइफमा पछाडी फर्किन पाए भने ती सब सच्याउछु’ उनले भनिन् ।

यद्दपी उनले आफुले बनाउने गरेको भिडियो एडल्ट नभई इरोटिक रहेको बताइन । उनले आफुले खिचेको भिडियो र फोटोले भारतीय कुनै कानुन नतोडेको जिकिर गर्दै त्यो इरोटिक भिडियो रहेकोमा जोड दिईन् । ‘मेरो इरोटिक भिडियोलाई अन्य तरिकाले बुझ्नु हुन्छ भने त्यो तपाइको बुझाइ हो । जे गर्छु , आफ्नो अनुसार गर्छु र त्यो स्वीकार्न तयार पनि छु । तर , हरेकको बुझाइ फरक हुन्छ । मैले निर्माण गरेर सार्वजनिक गर्ने इरोटिक भिडियोहरु कामसूत्रको नजिक भएता पनि त्यो एक किसिमको आर्ट हो’ पूनमले भनिन् ।

चर्चाका साथै बलिउडका ठुला व्यानर माँझ नोटिस हुन् आफुले पछिल्ला तमाम हर्कत गरेको स्वीकार्दै यथार्थ बुझेको समेत उनले बताइन । उनले चर्चा र ट्यालेन्टको फरक बुझिसकेको बताइन । ‘कन्ट्रोभर्सी त केहि समयको हो । केहि बन्न त ट्यालेन्ट नै चाहिन्छ । मैले त्यो तथ्यलाई बल्ल बुझे’ पूनमले भनिन् । उनि आउँदो केहि हप्ता उक्त शोमा कैदी बनेर दर्शकसामु प्रस्तुत हुनेछिन् ।

कमेन्ट गर्नुहोस्