‘नयाँ नक्सा जारी गर्नु स्वागत योग्य’ निर्माता संघ

12 Shares

फिल्म । नेपाल चलचित्र निर्माता संघले नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको कदम स्वागत योग्य रहेको प्रतिक्रया दिएको छ । ‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा नेपाल सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ ’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष आकाश अधिकारीले स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताउदै एकतानै शक्ति रहेकोमा जोड दिएका छन् । यस्तै , उनले सरकारको कदममा ऐक्यवद्धता जनाउने प्रमुख प्रतिपक्ष दलसहित अन्य दलहरुलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

कमेन्ट गर्नुहोस्