‘ब्रह्मानन्दमको अन्य फिल्म भन्दा लामो भूमिका छ’ : निर्देशक पन्त

फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ मा नेपाल र भारतका कलाकारले संयुक्त रुपमा अभिनय गरेका छन् । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निर्देशक पन्तले एउटा पूर्ण रूपको फ्यामिली ड्रामा भन्न रुचाउछन् । उनले फिल्ममा ब्रह्मानन्दमको अन्य भन्दा धेरै लामो भूमिका रहेको बताए ।

‘धेरैलाई लाग्न सक्छ ब्रह्मानन्दमले यसमा गेस्ट रोल गर्नुभएको छ, तर मलाई लाग्छ उहाँले अभिनय गरेका अहिलेसम्मका फिल्ममा यो लामो रोल भएको फिल्म हो । यो फिल्ममा चाहिने सम्पूर्ण मनोरन्जनको खुराक छ । यसले मुहारमा हाँसो ल्याउनुका साथै आँखालाई शितलता दिन्छ । हामीले आफ्नो सिमित श्रोत साधनमा बेस्ट दिने कोसिश गरेका छौँ’, निर्देशक पन्तले भने ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्