‘फिल्मले नै जवाफ दियो’

317 Shares

फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ हो । आजबाट देशव्यापी प्रदर्शनमा आएको यो फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि उत्तिकै आश्वादी छन् । सुरुवाती रुपमा नै फिल्मले आफ्नो ब्राण्ड भ्यालु देखाईसकेको छ । अर्थात् दीपकराज गिरी र दीपाश्री निरौला समुहको यस फिल्मले दर्शकको साथ पाइरहेको छ । दीपक र दीपासँगै फिल्मका अन्य कलाकारहरु जितु नेपाल , केदार घिमिरे , केकी अधिकारी र निर्देशक दीपेन्द्र लामाले विहानी शोमा दर्शकसँगै बसेर फिल्म हेर्नुका साथै प्रतिक्रिया पनि लिए ।

राजधानी स्थित गोपीकृष्ण मुभिजमा पुगेको टोलीले दर्शकको प्रतिक्रियाले आफुहरुलाई उत्साहित बनाएको प्रतिक्रिया समेत दिए । प्रतिक्रिया दिने क्रममा केदार उर्फ माग्ने बुढोले आफु र आफ्नो टिमको मेहनतले पाएको प्रतिक्रियाले उत्साहित भएको बताए । केहि समय अगाडी कहिँ कतै ‘यिनीहरुको फिल्म फ्लप होस्’ भन्ने कमेन्ट समेत पाएको र त्यसले आफुलाई दुखि बनाएको बताए ।

‘हामीले कसैलाई यसरी भन्न सक्दैनौ , दुख लाग्छ यस्तो देख्दा’ उनले भने ,’तर हाम्रो फिल्मले उनीहरुलाई जवाफ दिएको छ , निकै खुसि छु ।’ फिल्म हेर्दा दर्शकले दिइरहेको प्रतिक्रियाले उनका आँखा समेत रसाएका थिए । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

विज्ञापन

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

तपाईको प्रतिक्रिया