धडक गर्ल बनिन् पाइलट

फिल्म । डेब्यु फिल्म ‘धड्क’ मार्फत नै चर्चामा आएकी जान्ह्वी कपूर फाइटर पाइलट बन्ने भएकी छिन । सन् १९९९ को कारगिल युद्धमा आफ्नो ज्यानको पर्वाह नगर्दै युद्ध लडेकी गुन्जन सक्सेनाको बायोपिकमा जान्ह्वी देखिदैछिन् । गुन्जनलाई फाइटर पाइलट भनेर चिनिने गरिन्छ । फिल्मको नाम नै ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ राखिएको छ ।

जान्ह्वीको फिल्मको पोस्टर सार्वजनिक भएको छ । लभर गर्ल बन्दै आएको जान्ह्वी यसमा पाइलट बनेकी छिन । उनलाई सोसल मिडियामा राम्रो फिडब्याक प्राप्त भएको छ । उनले एअरफोर्सको बेसिक ट्रेनिङ लिएर फिल्ममा काम गरेकी हुन् । फिल्म आउँदो सन् २०२० को मार्च १३ मा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्