मदिराको लत लागेपछि !

फिल्म । बलिउड अभिनेत्रो श्रुति हसनले आफ्नो जन्मोत्सव मनाउने क्रममा आफूलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छन् । हालै ३४औं जन्मदिन मनाएकी उनले लक्ष्मी प्रसन्नाको सोमा आफ्नो मदिराको लतको बारेमा खुलेर बताएकी कुराकानी गरेकी हुन् । ‘एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण उनले फिल्मबाट नै ब्रेक लिए’ उनले कुराकानीको क्रममा बताइन ।

अभिनेत्री श्रुति साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगीतकार पनि हुन्। उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन् । फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले फिल्म ‘रमैया वस्तावैया’ मा पनि अभिनय गरेकी थिइन् । पछिल्लो समय उनी यतिबेला फिल्म क्षेत्रबाट टाढिँदै गएकी छन्। (एजेन्सी)

कमेन्ट गर्नुहोस्