स्काई सिनेमामा ‘ब्लाइन्ड रक्स’

फिल्म । आफ्नो दुई वटै आँखाको ज्योति गुमाएकी दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित फिल्म’ब्लाइन्ड रक्स’ को विदेह्स प्रदर्शन अझै भईरहेको छ । आफु ब्लाइन्ड भएता पनि सृष्टिले गरेको संघर्ष प्रेरणादायी छ । यसैले गर्दा पनि फिल्मलाई विदेश रुचाइएको छ । हालै यसै महिना नोभेम्बरमा बेलायत स्थित फोर्सेस सिनेमाले विश्व प्रसिद्ध स्काई सिनेमासँग सहकार्यमा यसमै प्रदर्शन गरेको छ ।

प्राय हलिउड फिल्म प्रदर्शन गर्दै आएको स्काई सिनेमामा नेपाली फिल्म प्रदर्शन गर्न पाउदा निर्माता निकेश लिम्बु उत्साहित छन् । ‘यो नेपाली फिल्मकै लागि उपलब्धि हो’ निकेश भन्छन ‘मैले मेरो फिल्म मार्फत बाटो खोले अब नेपाली फिल्मलाई सहज हुनेछ ।’ फिल्म हेरेका अधिकाँस दर्शकले रुचाएका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म नोभेम्बर १५ र १६ मा क्याटरिक , १६ र १८ मा ब्रुनाई तथा स्वीन्डनमा नोभेम्बर २३ मा प्रदर्शन भएको थियो । प्रदर्शनका लागि ब्रुनाईमा रिचार्ड गुरुङ र दीपेन्द्र लिम्बु तथा स्वीन्डनमा राजु लिम्बु र रमेश लिम्बुले संयोजकत्व गरेका थिए । फिल्ममा सृष्टिको भूमिकामा बेनिशा हमाल देखिएकी छिन भने यसमा अर्पण थापा , गौरी मल्ल लगायतको कलाकारको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्