‘कृषकसँग परिचित हुँदैछु’विपिन

फिल्म । अभिनेता विपिन कार्की अभिनयकै कारण परिचित छन् । उनले अभिनय गरेको अधिकाँस फिल्मले उनलाई दर्शक माँझ फरक फरक अवतारमा उभ्याएको छ । उनले हरेको फिल्ममा निर्वाह गर्ने चरित्रको आधारमा एउटा भूमिका सम्झिन गाह्रो हुन्छ , अर्थात् उनि चरित्र अनुसार आफुलाई परिचित गर्छन । यिनै विपिनले पछिल्लो फिल्म ‘गोपी’ मा गाईपालक कृषकको भुमिका निर्वाह गरेका छन् । नेपालमा अधिकाँस परिवार कृषिसँग जोडिएको छ , यसै मध्यका एक प्रतिनिधि बनेका छन् , विपिन । देशमै केहि गरौ भन्ने भावना बोकेको फिल्ममा शिर्ष भूमिका निर्वाह गर्न पाउदा उनि दंग मात्र छैनन् , कृषकसँग नजिक भएको महसुस पनि गरिरहेका छन् ।

‘म कृषककै छोरा हुँ तर यसफिल्मले मलाइ यसका चुनौतीसँग पनि परिचित गरायो’ विपिन भन्छन् ‘गोपी बन्दा मैले स्वरोजगारीमा झेल्ने समस्यालाई बुझ्ने मौका पाए , युवालाई देशमा बसौ भन्ने मात्र होइन बस्ने वातावरण पनि बन्नु जरुरि छ ।’ एउटा युवाले देशमै केहि गर्न खोज्दा आइपर्ने समस्या र त्यसमा गरिने संघर्षको कथा नै गोपी हो । यसले कृषि पेशा वा पशुपालकलाई मात्र नभई युवालाई पनि प्रेरणा दिन्छ । फिल्ममा विपिनसँगै वर्षा राउत , सुरक्षा पन्त , प्रकाश घिमिरे , अंकित खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई सामिप्यराज तिमल्सेनाले लेखेका हुन् भने यसलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसमा शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्