किन चर्चामा छ ‘मोहर’ को ट्रेलर ?

फिल्म । फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्म ‘मोहर’को ट्रेलरले रिलिज भए पश्चात यो न्युज तयार पार्दासम्म युट्युबमा साढे ८ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ । ट्रेलर सार्वजनिक भएको केही घण्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको मुभी ट्रेलर सेक्सनमा यो ट्रेलर नेपालमा २ नम्बरमा छ । मलेसियामा १७, जापानमा २७, युएईमा १८ र कतारमा ५ नम्बरमा ट्रेन्डिङ गरिरहेको छ ।

ट्रेलरले २० हजारभन्दा बढी लाइक र ३ हजार ४ सयभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ । अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा दर्शकले अपेक्षाभन्दा उत्कृष्ट ट्रेलर भएको बताएका छन् ।

चुम्बन जंग शाही निर्माता रहेको यो फिल्ममा ओम प्रतिकको लेखन र निर्देशन छ । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ ।

साउन २३ गतेबाट रिलिज हुने यो फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गर्छ। ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स र थ्रिलको मिश्रण छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने देखिन्छ । सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्