‘मायावी’ मा पल

फिल्म । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने फिल्ममा यसअगाडी नै दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छिन् । निर्देशक भट्टराईले पल मुख्य अभिनेताकै रुपमा फिल्ममा रहेको जानकारी दिएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्