अनमोलको बुझाइ

30 Shares

फिल्म । फिल्मनगरीमा अनमोल केसीको राम्रै चर्चा हुने गर्छ । उनको अभिनयले तारिफ नपाएता पनि उनको क्रेज भने बढ्दो नै छ । उनि पछिल्लो समयका सर्वाधिक महँगो कलाकार हुन् भन्नेमा कसैको दुइमत नहोला । यिनै अनमोलले सामाजिक सञ्जालमा एक तस्बिरसंगै क्याप्सन शेयर गरेका छन् । उनले ‘तयारी नै सफलताको चाबी’ रहेको संकेत गरेका छन् ।

कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउन भएता पनि अनमोललाई फरक परेको छैन । किनकी उनि अत्यावश्यक काम बाहेक घरबाट निस्किदैनन् । यद्यपि, उनी बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न पुग्ने गर्दछन् । लकडाउनअघि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । यसपछि फिल्म ‘पारस’ उनको पाइपलाइनमा रहेको छ ।

कमेन्ट गर्नुहोस्