काठमाडौँमा गुञ्जिए सुशान्त

फोटो क्रेडिट : उमेश कार्की

सङ्गीत । गायक सुशान्त केसी शनिवार साँझ सल्लाघारीमा गुञ्जिएका छन् । साँझ पख उपत्यकामा छिटपुट वर्षा भएपनि त्यसको पर्वाह नगर्दै गायक केसीलाई सुन्न उपत्यकाका तन्नेरी पुस्ता सल्लाहघारी मैदानमा उपस्थित थिए । गायक केसी स्टेजमा आउनु अगाडि नै भरिभराउ भएको मैदान उनी स्टेजमा देखिने वितिकै उर्जावान भएको थिए । उनले हालखबर सोधेपछि उर्जाशील बनेका युवायुवती उनका हरेक गीत गुनगुनाउदै नाच्न थाले ।

गायक केसीले आफ्ना गीत प्रस्तुत गर्दा उपस्थित दर्शकले गाउनुका साथै नाचेर साथ् दिएका थिए । काठमाडौँ उपत्यकामा साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत गुञ्जिँदै गर्दा गायक केसी दंग देखिन्थे । नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने क्रममा लगभग सबै दर्शकसम्म पुग्ने गरी डिजाइन गरिएको थियो ।

आफ्नो लागि काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष भएकाले उत्साहित रहेको सुशान्तले बताउदा उपस्थित दर्शकले हुटिङ गरेका थिए । उनले बार्दली, सारंगी, साथी र आमा लगायतका गीतमार्फत उपस्थितलाई मनोरञ्जन दिए । एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा गरेको कन्सर्टलाई भव्य बनाउन आयोजकले हर प्रयास गरेका थिए ।

कमेन्ट गर्नुहोस्