सिम्बामा अक्षय पनि ?

फिल्म । पछिल्लो समय फिल्म ‘सिम्बा’ चर्चामा छ । फिल्मको सार्वजनिक गीत र ट्रेलरले यसको हाइप बढाईरहेको छ । फिल्ममा रणवीर सिंहलाई एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । केहि समयको अन्तरालमा रणवीर मसला फिल्ममा देखिएका हुन् , यसैले गर्दा पनि उनका फ्यानले प्रतिक्षा गरिरहेका छन् । फिल्मलाई रोहित शेट्टीले निर्माणसँगै निर्देशन पनि गरेका छन् । फिल्मलाई फुल कमर्सियल बनाउन रोहितले कुनै कसर बाकि राखेका छैनन् ।

उनले फिल्ममा अजय देवगनलाई सिंघम अवतारमा प्रस्तुत गरेका छन् भने गीतमा गोलमाल ग्याङ्ग अर्थात् गीतमा अर्सद वारसी , तुषार कपुर , कुनाल खेमु र श्रियस तल्पड़े देखाएका छन् ।निर्देशक शेट्टीले यसफिल्मलाई ब्लकबष्टर बनाउन कुनै कसर बाकी राख्ने छैनन् , किनकी उनले फिल्ममा खिलाडी एक्टर अक्षय कुमारलाई पनि केमियो गराएका छन् । अर्थात् फिल्ममा उनलाई राउडी अवतारमा देख्न पाइनेछ । साथै उनले यसमा धेरै सर्प्राइज प्लान गरेका छन् । यो साउथ इन्डियन फिल्म ‘टेम्पर’ को रिमेक हो । फिल्मलाई रोहितले करण जोहरसँगको सहकार्यमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्