खर्च पर्दामा देखिन्छ – रणवीर निर्माता

फिल्म । फिल्म ‘गाँजा बाजा’ मार्फत निर्माताको रुपमा उदाएका दिपेन्द्र रेग्मी र गोमा बिस्ट थापाले निर्माण गरेको दोस्रो फिल्म हो ‘रणवीर’ । फिल्म बिग बजेट भएको भन्ने चर्चा पछिल्लो समय फिल्मनगरीमा छ , जसलाई निर्माताद्वय पनि स्वीकारछन् । ‘हामी सोचिएको बजेट भन्दा माथि गएकै हौ’ निर्मात्री गोमा भन्छिन ‘तर हामीले गरेको खर्च पर्दामा देखिन्छ ।’ उनिसंगै अर्का निर्माता दिपेन्द्र पनि सहमत छन् । ‘हाम्रो खर्च किन बढ्यो भन्ने शब्दमा प्रस्ट्याउँने भन्दा पनि फिल्ममा हेर्दा नै थाहा हुन्छ’ दिपेन्द्रले मेकिङमा सम्झौता नगर्दा बजेट बढेको बताए । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको फिल्ममा टाइटल रोलमा सुशील सिटौला छन् ।

अघिल्ला फिल्मको तुलनामा उनि यसमा फेरिएकाछन् । फिल्मको लागि उनले गरेको मेहनत सार्वजनिक भिडियो सामग्रीले प्रस्ट्याउने दिपेन्द्र बताउछन् । ‘सुशीलले आफुलाई फिल्मको क्यारेक्टर अनुसार नै प्रस्तुत गरेको छ’ उनि थप्छन ‘कलाकारलाई अघिल्ला फिल्मको तुलनामा जज गर्नु हुदैन , सुशीलले सबैको मा जित्छ ।’ फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार , शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

‘मलाइ मेरो हाउभाउ अनुसार प्रस्तुत गरिएको फिल्म हो रणवीर’ प्रशान्त भन्छन ‘यो फिल्मको मेकिङ प्रसंसा योग्य छ ।’ निर्देशक भण्डारीकै कथा, पटकथा, संवादमा तयार भएको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्