स्यानिटाइजरबाट सहयोग जुटाउदै साकिरा

संगीत । साकिराको गीतबाट प्रभाभित नहुने कमै हुन्छन् । गायनसँगै आफ्नो स्टेज प्रस्तुतिको माध्यमले उनि चर्चामा आउने गर्छिन् । पछिल्लो समय जेलो अर्थात जेनिफर लोपेजसँग स्टेजमा देखिएकी ले आफ्नो कम्पनि मार्फसाकिरात स्यानिटाइजर निर्माण गरिरहेकी छिन् । परफ्युम उत्पादन गर्ने कम्पनीले स्यानिटाइजर तयार गरिरहेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जनाएकी हुन् ।

पछिल्लो समय विश्वनै कोरोना भाइरस (कोभिड १९) को सक्रमणसँग जुधिरहेको अवस्थामा स्यानिटाइजर बनाएर बजारमा ल्याउने तयारीमा छ । बार्सिलोनास्थित पुइग कम्पनीले आफ्नो स्रोत र सुविधाको प्रयोग गरेर संक्रमण नियन्त्रणका लागि स्यानिटाइजर उत्पादन गरिरहेको फोटोहरू उनले इन्स्टाग्राममा पोस्ट गरेकी छन् । पुइगले कोलम्बियन कलाकारसँग सहकार्य गरेर विभिन्न परफ्युमहरू उत्पादन गर्दछ । जसमा गायिका साकिराको ‘ड्रिम एन्ड स्वीट ड्रिम’ समावेश छ । उनले सो स्यानिटाइजरको बिक्रीबाट उठेको रकम स्पेनको सरकारलाई प्रदान गर्ने समेत सामाजिक सञ्जालमा प्रस्ट्याएकि छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्