‘स्त्री २’ मा जोडीए अक्षय र वरुण

बलिउड । हरर कमेडी जनरामा निर्माण भएको फिल्म ‘स्त्री २’ को ट्रेलरसँगै यसको युनिभर्सले अहिले चर्चा पाइरहेको छ । यसको निर्माण कम्पनि म्याडडक फिल्मले ‘हरर युनिभर्स’ बनाएको छ, जहाँ ‘स्त्री’ सँगै ‘भेडिया’ र ‘मुन्ज्या’ समावेश छन् । यसलाई अगाडि बढाउने तयारी अनुरुप निर्माण पक्षले फिल्ममा वरुण धवनसँगै अक्षय कुमारको केमियो राखेको छ ।

वरुणले ‘भेडिया’ को कथा अगाडि बढाउने भएपनि अक्षयको बारेमा केही खुलाएको छैन । संवत यस युनिभर्समा अक्षयले नयाँ फिल्म लिएर आउने छन् । ‘स्त्री २’ मा राजकुमार राव, श्रद्धा कपूर र पंकज त्रिपाठीको मुख्य भूमिका रहेको छ । अमर कौशिकले निर्देशनमा तयार भएको फिल्मलाई युवापुस्ताले प्रतीक्षा गरिरहेका छन् । ‘स्त्री’ सन् २०१८ मा सुपरहिट भएको थियो ।

कमेन्ट गर्नुहोस्