फिल्म । मिसन इम्पोसिबल सिरिज मार्फत दर्शकको मनमा बस्न सफल अभिनेता टम क्रुज पछिल्लो समय सामाजिक सञ्जालमा ट्रेन्डिङमा छन् । जसको कारण उनको कुनै फिल्म नभई धम्की रहेको छ । मिसन इम्पोसिबलकै ७ औँ शृंखला छायांकन गरिरहेका टमले आफ्नै ‘क्रु मेम्बर’ लाई धम्की दिएका हुन् । उनले कोभिडको नियम पालना नगरेको कारण क्रु मेम्बरलाई कामबाट निकाल्ने धम्की दिएको अडियो यतिबेला भाइरल बनेको छ ।
सिरिजका अभिनेतासँगै निर्माता समेत रहेका टमले बेलायतमा भइरहेको सुटिङमा फिल्मका दुई सदस्य एकआपससँग नजिक बस्दै भौतिक दुरी कायम नगरेको भन्दै कामबाट निकाल्ने धम्की दिएका हुन् । सार्वजनिक अडियो दुई मिनेट लामो छ जसमा टमले ती दुई सदस्यलाई मुख छाडेर गाली गरेका छन् । छायांकनमा करिब पचास जना सदस्य थिए । फिल्मलाई क्रिस्टोफर म्याकवेयरले निर्देशक गरिरहेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










