‘सूर्यवंशी’ मा हुनेछन् यस्ता एक्सन सिन (भिडियो)

7 Shares

फिल्म । पछिल्लो समय निर्देशक रोहित शेट्टी ‘सूर्यवंशी’ को काममा व्यस्त छन् । अक्षय कुमारलाई पुलिस अफिसरको भूमिकामा लिएर आउंदैछन् , रोहित । यसैले गर्दा पनि चर्चा बढ्दो छ किनकी खिलाडी एक्टरलाई एक्सन अवतारमा दर्शकले नदेखेको लामो समय नै भईसकेको छ । करण जोहरको पनि निर्माणमा सहकार्य रहने फिल्मलाई आउँदो वर्ष सन् २०२० मा दर्शकले हेर्न पाउनेछन् ।

केहि समय अगाडी थाइल्याण्डमा छायाँकनरत फिल्मको मेकिङ भिडियो सार्वजनिक भएको छ । जसमा अक्षय र रोहितले एक्सनको लागि गरिरहेको मेहनतलाई देख्न सकिन्छ । यी दुइले फिल्मको मेकिङ भिडियो मार्फत भव्यता र एक्सनको शैलीलाई समेत प्रस्तुत गरेका छन् । उक्त भिडियोबाट फिल्म प्रेमी दर्शकमा कौतुहलता जाग्नु भने स्वाभाविक नै हो । साथै , प्राय साउथ इण्डियन फिल्मलाई रिमेक गर्दै आएका रोहितले सूर्यवंशीको लागि कथा पनि उतैबाट चयन गरेका छन् ।

यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक हुनेछ । फिल्ममा शिवले निडर पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । तर यो फिल्म सिन टु सिन रिमेक नहुने बताइएको छ । यसको कथामा देखिएको कमजोरीलाई सुधार्दै पटकथा तयार गरिएको छ । यसैगरी फिल्ममा अक्षयको को-स्टार कट्रिना कैफ हुनेछिन् । निर्माण पक्षले सामाजिक सञ्जाल मार्फत कट्रिना हुने जानकारी गराइसकेको छ । यस अगाडी अन्य एक्ट्रेसको नाम आएता पनि कट्रिना सेलेक्ट भएकी हुन् । कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने विश्वास रोहितको छ ।

अक्षयसँग कट्रिनाको जोडीलाई रुचाइएको थियो । हमको दिवाना कर गए , सिंह इज किंग , तिस मार खाँ , नमस्ते इंग्ल्याण्ड र वेलकम जस्ता सफल फिल्ममा सँगै काम गरेका छन् । यसैगरी फिल्ममा अन्य स्टारको पनि केमियो हुनेछ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराउने तयारी गरिरहेका छन् । स्क्रिप्टको काममा रहेका रोहितले त्यसपछी सिंघमको तेस्रो सिरिजको निर्देशन गर्नेछन् । अजयको क्रेजलाई दर्शक माँझ कायम राख्नको लागि रोहितले अक्षयसँग केमियो गराउने सोच बनाएका छन् । (एजेन्सी)

Facebook Comments