सलमानले तोडे वाचा ?

फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ लाइ यसै वर्षको इदमा रिलिज गर्ने घोषणा अनुरुप ट्रेलर सार्वजनिक गरिसकेका छन् । ट्रेलर सार्वजानिक भएपछी सलमानका फ्यानहरुले निकै उत्साहित भएर ‘डबल इद’ भन्ने कमेन्ट गरिरहेका छन् । गतवर्षकै इदमा रिलिज हुने भनिएको फिल्म कोरोना भाइरसको कारण रिलिज भएको थिएन ।

यसवर्ष पनि भारतमा कोरोना भाइरसको दोस्रो बढ्दै गर्दा दर्शकहरु राधे फिल्म रिलिजलाई लिएर कन्फ्युज थिए । धेरैले फिल्म नआउने प्रस्ट्याएका थिए । यद्दपी सलमानले भनिएअनुरुप नै फिल्म हलसँगै ओटीटीमा रिलिज गर्दैछन् । उनले ट्रेलरमा एक डायलगनै बोलेका छन् ,’मैने एकबाट कमेन्टमेन्ट कर दि , तोह खुदकी नही सुन्ता ।’ उनका फ्यानहरुले पनि सलमानले भने अनुसारनै फिल्म रिलिज गरेकोमा उत्साही छन् ।

यद्दपी सलमानले अर्को वाचा तोडेको चर्चा सामाजिक सञ्जालमा बढ्दो छ । ट्रेलरको एक दृश्यमा उनले को-स्टार दिशा पटानीलाई किस गरेको भन्दै यतिबेला समाजिक सञ्जालमा भाइरल छ । ब्ल्याक स्याडोमा खिचिएको दृश्यमा दिशा प्रस्टिए पनि सलमान प्रष्ट छैनन् । सलमानले आफ्नो फिल्मी करियरमा अनस्क्रिन किस गरेका छैनन् ।

यसैले गर्दा पनि यतिबेला यसले चर्चा पाइरहेको हो । उनले फिल्ममा मात्र होइन , उनको फिल्ममा समेत चुम्बनको दृश्य हुदैनन् । यसको कमिटमेन्ट गरेका सलमानले आफै किस गरे वा उनको फिल्ममा किसको दृश्य देखिएपछी चर्चा हुनु स्वाभाविक नै हो । फ्यानले सामाजिक सञ्जालमा सलमानलाई मेन्सन गरेर प्रश्न सोधिरहेका छन् । यद्दपी यसबारे आधिकारिक रुपमा कुनै प्रतिक्रिया प्राप्त छैन ।

फिल्मको कुरा गर्ने हो भने यसमा सलमान र दिशासँगै रणदीप हुडा , ज्याकी श्राफ लगायतका कलाकारहरु छन् । फिल्ममा सलमान आफ्नै स्व्यागमा फर्किएका छन् । उनले यसमा ड्रग्स रहित सहरको अभियान अगाडी सारेका छन् । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गर्नेछन् । प्रभुदेवाले पछिल्लो समय सलमानकै फिल्म ‘दबंग ३’ को निर्देशन गरेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्