‘कमाण्डो ३’ को रिलिज घोषणा (भिडियो)

फिल्म । कमाण्डो र यसको सिक्वेलको सफलतापछी निर्माण टिमले तेस्रो सिरिजलाई दर्शकसमू ल्याउने भएको छ । हाल पोष्टप्रोडक्सनको काममा रहेको फिल्मलाई दर्शकए आउँदो सेप्टेम्बर २० मा हेर्न पाउनेछन् । निर्माण पक्षले एक भिडियो सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । भष्ट्राचार र गुण्डागर्दी विरुद्धको उभिने कमाण्डोको नयाँ सिरिजले दर्शकले अघिल्लो भन्दा बढी मनोरंजन दिने निर्माण पक्षको दावी छ ।

त्यसो त यो सिरिजको आकर्षण रहेका छन् , विद्युत जम्वाल । उनको एक्सन नै सिरिजको आकर्षण रहेको छ । उनको शारीरिक बनावट र एक्सनले दर्शकलाई हलसम्म तान्ने गरेको छ । विद्युतले यस सिरिजको एक्सनमा अघिल्लोको तुलनामा झनै मेहनत गरेका छन् । फिल्ममा गुलशन ग्रोवर , अदा शर्मा , अंगिरा धर लगायतका कलाकारको पनि अभिनय रहेको छ भने यसलाई आदित्य दत्तले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्