सुरजको ‘हृदय भरी’मा पल

जयहोस् । अभिनेता पल शाहलाई लिएर निर्देशक सुरज सुब्बा नाल्बोले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । उनकै निर्देशनमा तयार हुने फिल्म प्रेम कथामा आधारित हुनेछ । यसको जानकारी निर्देशक सुरजले नै आफ्नो फेसबुक मार्फत दिएका हुन् । उनले फेसबुकमा पोस्ट गर्दै फिल्म ‘हृदय भरी’ मा पल मुख्य भूमिकामा रहने जानकारी गराएका छन् । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’लाई चन्दन शाह र सौरभ बिश्वासले संयुक्त निर्माण गर्नेछन् ।
कमेन्ट गर्नुहोस्