सलिनले चिनाए प्रेमिका

फिल्म । चकलेटी हिरो सलिनमान बनिया प्राय कुरा लुकौदैनन । ए मेरो हजुर २ बाट फिल्म नगरीमा डेब्यु गरेका सलिनले त्यसपछि यात्रा : अ म्युजिकल भ्लगमा अभिनय गरे । दुइ फिल्ममा अभिनय गरेका सलिनले आफ्नो लुक्सकै कारण फ्यान फ्लोअर्स राम्रै बनाएका छन् । सलिन अन्तर्वाताको क्रममा पनि कुराहरु लुकौदैनन् , खुलेरै आफ्ना सार्वजनिक जीवनको बारेमा पनि बोल्ने गर्छन् । यिनै सलिनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रेमिका चिनाएका छन् । प्रेम रहेको बताउदै आएका सलिनले फेसबुकमा आफु अस्प्रिना श्रेष्ठसँग रिलेसन्शिपमा रहेको अपडेट गरेका छन् । सार्वजनिक अन्तर्वार्तामा पनि प्रेमको बारेमा खुलेर बोल्ने सलिनकी प्रेमिका अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् । केहि समय अगाडी अस्प्रिनाको जन्मदिन मनाउने क्रममा बाहिरिएको तस्वीरले सलिनको प्रेम जीवन बाहिर आएको थियो ।
कमेन्ट गर्नुहोस्