आमालाई दर्शकको साथ

फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्मलाई दर्शक प्राप्त छ । पछिल्लो समय ‘छ माया छपक्कै’ पछि दर्शकको राम्रो भिडभाड आमा र सेन्टी भाइरसमा देखिएको हो । यस मध्य ‘आमा’ को कुरा गर्ने हो भने पछिल्लो समय यसको टिम शुक्रबार विहान देखि दर्शक प्रतिक्रिया लिन व्यस्त छन् । फिल्मको प्रदर्शनको पहिलो दिन नै दर्शकबाट पाएको मायाको कारण फिल्म युनिट दंग छन् । ‘वर्ड अफ माउथ’ ले दर्शक बढ्ने अपेक्षा गरिएको फिल्ममा विहानै देखि दर्शकको चाप बढेपछि कथाकार तथा निर्देशक दीपेन्द्र के खनाल दंग छन् । ‘फिल्म हेर्नेले राम्रो भन्नु भएको छ । यो हाम्रो टिमको लागि खुसिको कुरा हो । साथै , दर्शकको उपस्थिति राम्रो छ’ निर्देशक खनालले भने ।

विहान देखि नै विभिन्न हल भ्रमण गरेर दर्शक प्रतिक्रिया लिईरहेको टिमले जय नेपालको मध्यान्हको शो मा दर्शक प्रतिक्रिया लिएको छ । फिल्म हेर्ने अधिकांसले फिल्म टाइटल झैँ राम्रो रहेको प्रतिक्रिया दिएका छन् । दीपेन्द्र पनि आफुले निर्देशन गरेको पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ पछि विश्वस्त थिए । ‘हामीले दर्शकबाट माया पाइरहेका छौ र फिल्मले त्यसलाई अझै बढाउनेमा आशावादी छौ’ उनले भने । उनले मनबाट फिल्म बनाएको दर्शकलाई त्यसले छुदा निकै खुसि भएको बताए । यसैगरी अभिनेत्री सुरक्षा पन्तले पनि फिल्मले दर्शकको मन छोएको बताइन । ‘छायांकनमा नै मलाइ फिल्मले आमाहरु मार्फत छुन्छ र त्यो आज भयो’ सुरक्षाले भनिन् ।

निर्देशक खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।

कमेन्ट गर्नुहोस्