संगीत । अजर अमर सांगितिक श्रष्ठा प्रेमध्वज प्रधानको निधन भएको छ । उपचारको क्रममा काठमाडौं न्यूरो अस्पतालमा बिहिबार दिउँसो प्रधानको निधन भएको संगीतकार लक्ष्मण शेषले जानकारी गराकाएका छन् । ८५ वर्षको उमेरमा प्रधानले यो संसारबाट विदा लिनुभएको हो ।
प्रधानको निधनलाई नेपाली गीत संगीत क्षेत्रको ब्रह्माण्डको एक महत्वपुर्ण पिण्डको अवशान भएको भन्दै संगीतकर्मी , सञ्चारकर्मीसंगै संगीतप्रेमीहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । एक युगको प्रतिनिधिमुलक आदर्श गायकको जन्म वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट भएको थियो ।
घुम्तीमा नआउ है , पर लैजाउ फुलहरू , नमान लाज यसरि , देउरालीमा बतास , गोरेटो त्यो गाउँको , तारा मात्र होइन तिमीलाई , तिमीलाई अचेल कहाँ लगायतका सयौ कालजयी गीतका श्रष्टा गायक तथा संगीतकार प्रधान नेपालमा कार्यक्रममा गितारमा गित गाउने पहिलो गायक पनि हुन् । पप , आधुनिक , पार्श्वगायनसंगै सम्पूर्ण विधामा सफल गायक प्रधानलाई उनको समयमा जिमर गायक भनेर पनि चिनिन्थे । जयहोस् परिवारको तर्फबाट पनि गायक प्रधानलाई भावपूर्ण श्रद्धाञ्जली ।