‘यात्रा’ टिजरलाई दर्शकको माया

फिल्म । गत विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजरलाइ दर्शकले रुचाएका छन् । चैत्र २९ मा रिलिज गरिने फिल्मको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केहि हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङस्टार सलिनमान बनिया अभिनित फिल्म यसवर्षको प्रतिक्षित फिल्म मध्य एक हो । झन्डै एक मिनेट लामो टिजरमा उनको रोमान्टिकसँगै एक्सन अवतारलाई पनि समेटिएको छ । डेब्यु निर्देशक सम्राटले यसमा सलिनको शालीनतासँगै एक्सन अवतारलाई पनि प्रस्तुत गरेका छन् । गत विहिबार ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजानिक टिजरले झन्डै ४ लाख ७५ हजार भ्युज पाइसकेको छ भने यसले ट्रेण्डिङ २ (न्युज तयार पार्दासम्म) मा आफुलाई ल्याउन सफल भएको छ ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मालिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्