सलमानले गेर अस्विकार

फिल्म । सलमान खान पछिल्लो समय फिल्म ‘भारत’मा व्यस्त छन् । उनको अपोजिटमा फिल्मा छिन कट्रिना कैफ । तर सलमानले कट्रिना अगाडी फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने सोचाइ बनाएका थिए । प्रियंकाले विवाहको कारण देखाउदै अन्तिम समयमा फिल्म गर्न नसक्ने बताइन । त्यसपछी बलिउडका भाइजान सलमान र देसी गर्ल प्रियंका सम्बन्ध चिसिएको खबर बि-टाउनमा चर्चामा थियो । तर प्रियंकाको विवाहमा आयोजित रिसेप्सन पार्टीमा सलमान देखिएपछी यी दुइको सम्बन्ध सुधिएको चर्चा हुन् थाल्यो । तर पछिल्लो एक गसिपले सलमान अझै पनि डिसी गर्लसँग रिसाईरहेको संकेत गर्छ ।

सलमान पछिल्लो समय संजयलीला भन्सालीको नयाँ फिल्ममा देखिने चर्चा बि-टाउनमा छ । जसको लागि यी दुइ नै लिड फिमेल एक्ट्रेसको खोजिमा छन् । जसको लागि प्रियंकाको नाम आगाडी आएको थियो । तर डिसीगर्लसँग देखिन सलमानले अस्विकार गरेकाछन् । उनले आफु प्रियंकासँग देखिन सहमत नरहेको भन्सालीलाई बताएका छन् । यसैले गर्दा अब उक्त फिल्ममा दीपिका पादुकोण देखिने सम्भावना बढेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्