फिल्म । बलिउड अभिनेता सलमान खानले डेब्यु गराएकी अभिनेत्री हुन् , जरिन खान । सलमानसँगै बलिउडमा डेब्यु गर्ने अवसर पाएता पनि उनले सफलता भने पाउन सकेकी छैनन् । यिनै जरिन केहि यता पर्दामा देखिएकी छैनन् । पछिल्लो समय हेट स्टोरीको सिरिजमा देखिएकी जरिनले पछिल्लो समय फिल्म ‘हम भी अकेले तुम भी अकेले’ मा काम गरेकी छन् । फिल्ममा उनी लेस्बियनको भूमिकामा देखिने छिन्।
फिल्मको कथा ‘गे’ युवक वीर र लेस्बियन युवती मानसीको वरिपरि रहने बताइएको छ । भारतमा होमोसेक्सुयालिटीको विषयमा सामाजिक पूर्वाग्रह र कलंकलाई चुनौती दिने पात्रलाई जरिनले निर्वाह गरेकी छन् । ‘अंग्रेजी में कहते हैं’ का निर्देशक हरिश व्यासले यो फिल्मको निर्देशन गरेका हुन्। फिल्ममा अंशुमन झा मुख्य भूमिकामा छन्।
‘यो कथा मेरो मुटुको नजिक छ र यो हाम्रो समाजलाई सुनाउनु जरुरी छ। स्वतन्त्रता प्राप्त भएपछि पनि यहाँ धेरै यस्ता परिवार छन् जहाँ सेक्सुअल प्रशिक्षण मान्य छैन’ जरिनले भनिन् । ( एजेन्सी )










