खगेन्द्र अब निर्देशक

फिल्म । अभिनेता खगेन्द्र लामिछाने निर्देशक बन्ने भएका छन् । उनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा फिल्म ‘पानीफोटो’ बन्ने घोषणा गरेका छन् । आफै लिखित नाटकलाई उनले फिल्मको स्वरुप दिएको बताएका छन् । ‘यो मेरो सपनानै थियो कि यसलाई फिल्म बनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझ पुर्याउन चाहन्छु’ उनले भने ‘मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ।’ उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा- आमाको कथालाई देखाउनेछन् ।

फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल , अनुप बराल , निशा शर्मा पोखरेल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् ।

कमेन्ट गर्नुहोस्