सकियो ‘दाल भात तरकारी’ को छायाँकन

फिल्म । छायाँकनरत फिल्म ‘दाल भात तरकारी’ को छायाँकन सकिएको छ । क्यामेरा रोल भएको ५१ औ दिनमा फिल्मको छायाँकन सकिएको प्रस्तुतकर्ता किरण केसीले जनाएका छन् । उनले फेसबुकमा स्टाटस अपडेट गर्दै फिल्म छायाँकनको क्रममा सहयोग गर्ने सहयोगी हातलाई धन्यवाद भनेका छन् । पछिल्लो समय निकै चासोको साथ् हेरिएको फिल्म ‘दाल भात तरकारी’ मह सञ्चारको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , किरण केसी , शिवहरी पौडेल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , पुष्प खड्का, आँचल शर्मा , बसुन्धरा भुषाल लगायतको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्की आइटम गीतमा छिन । हरिवंशकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरिरहेका छन् । फिल्म बैशाख १३ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्