टाइगर सेटमा सलमान र कट्रिना

फिल्म । पछिल्लो समय यशराज फिल्म्सले ठुला फिल्महरु निर्माण गरिरहेको छ । आफ्नो सफल फिल्मको नयाँ फ्रेनचाइजलाई खास अगाडी बढाईरहेको यशराज फिल्म्सले दर्शकको अपेक्षालाई पनि उत्तिकै ध्यान दिईरहेको छ । फिल्म निर्माणममा यशराजले ५० वर्ष पार गरेपछि अब आउने फिल्महरुलाई झनै भव्य बनाउने टीमको तयारी छ । यसैमा पर्छ सलमान खान अभिनित ‘टाइगर’ सिरिज । एक था टाइगर र टाइगर जिन्दै हैको सफलतापछि यशराज फिल्मस यसको तेस्रो सिरिजलाई दर्शक माँझ ल्याउदै छ । फिल्ममा सलमानसँगै कट्रिना कैफ , इमरान हास्मी छन् । साथै, यशराजले फिल्मलाई भव्य बनाउन शाहरुख खानको केमियो समेत जोडेको छ ।

यसैबीच दिल्लीमा छायांकनरत फिल्मको एक दृश्य र फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । लिक्ड फोटोहरुमा सलमान र कट्रिनालाई एक्सन अवतारमा देख्न सकिन्छ । फिल्ममा यी दुइ एजेन्टको भूमिकामा मै छन् । सलमान अर्थात् टाइगर र को लागि काम गर्छन् भने कट्रिना अर्थात जोया आइएसआइको लागि । यी दुइको देशको द्वन्द र यिनको बीचमा रहेको प्रेम नै फिल्मको कथासार हो ।

यसफिल्ममा शाहरुख ‘पठान’ क्यारेक्टरमा देखा पर्नेछन् । यसअघि सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् । हलिउड फिल्महरुमा सुपरहिरोहरुको युनिभर्स बनिरह्दा बलिउडमा कप युनिभर्स र स्पाइ युनिभर्स बनिरहेको छ । यसको सुरुवात रोहित शेट्टीले गरेका थिए । उनले आफ्नो फिल्म सिम्बामा सिंघम र सूर्यवंशीको इन्ट्री गराएका थिए । यस्तै , सूर्यवंशीमा पनि सिम्बा र सिंघमलाई इन्ट्री गराएका छन् । यस्तै , निर्माता आदित्य चोपडाले पनि आफ्नो स्पाइ हिट फिल्महरु टाइगर सिरिज , वार सिरिज र पठानलाई एक आपसमा जोड्ने तयारीका साथ् काम अगाडी बढाएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्