डान्सर जसिता

फिल्म। आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा अभिनेत्री जसिता गुरुङ्ग डान्सर बनेकी छिन्। यसअगाडीका फिल्ममा लभर गर्लको भूमिका निर्वाह गर्दै आइरहेकी अभिनेत्री गुरुङ्गले यसपटक आफूलाई डान्समा भविष्य खोजिरहेकी युवतीको रूपमा प्रस्तुत गरेकी छिन्। सार्वजनिक फस्टलुकमा उनलाई डान्सर र अगाडीका चरित्र भन्दा भिन्न प्रस्तुत गरिएको छ।

रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्ममा जसितालाई ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो फिल्मलाई निर्माणपक्षले डान्स ड्रामा भनेको छ ।फिल्मका मुख्य कलाकार धिरज मगरलाई मात्र केन्द्रमा राखेर तयार पारिएको टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ ।

आउँदो वर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी फिल्म बनाएकी रेनशाले यसपटक धिरज र जसितालदाई लिएर डान्सको बिषयमा कथा भनेकी छिन् । यो फिल्ममा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्