रहेनन् अध्यक्ष बोगटी

काठमान्डौ । चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । टिकाथली स्थित निवास नजिक रहेको रुख काट्ने क्रममा रुखसँगैको पोल ढलेर घाइते भएपछि उनलाई उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बुझिएको छ । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको बुझिएको छ । उनि घाइते भएको खबर थाहा पाएपछि कलाकारहरु हस्पिटल तर्फ लागेका छन् ।
कमेन्ट गर्नुहोस्