रानीको नयाँ गीत ‘चोली ढाकाको’ सार्वजनिक

सङ्गीत । पूर्वेली लोक गायनमा चर्चित गायिका रानी निरौलाको नयाँ लोक दोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । मेला डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको यो कर्णप्रिय गीतमा रानीलाई महेश मुखिया सुनुवारले पुरुष स्वरमा साथ दिएका छन् ।

गीतमा सहदेव कालीकोटेले शब्द रचना गरेका छन् भने महेश मुखिया सुनुवारको संगीत र आदेश गुर्मछानको संगीत संयोजन रहेको छ । मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिस्ट, मिक्सिङ, र मास्टरिङ सुवास कुथुमी राईले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा विजय पुन र रमाला लिम्बुको शीर्ष मोडलिङ छ । नृत्यप्रधान यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् । भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफी, समीर राईको निर्माण व्यवस्थापन र अर्जुन खड्काको सम्पादन तथा रंग संयोजन रहेको छ । निर्माण नियन्त्रण सूर्य ओलीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्