पृथ्वीयालाई ‘ह्युमनिटेरियन अवार्ड’

सौन्दर्य । अमेरिकाको लास भेगासमा सम्पन्न विबाहित महिलाहरुबीचको अन्तराष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड – २०२३’ मा नेपालले सेमि फाईनलसम्म पुगी ह्युमनिटेरियन अवार्ड जितेको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर सहभागी भएकी मिसेस नेपाल वर्ल्ड पृथ्वीया थापाले ह्युमनिटेरियन अवार्ड जितेकी हुन् । मिसेस वर्ल्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन अवार्ड जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन् ।

‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठुलै सफलताको रुपमा लिएको छु। यो मेरो लागि मात्र नभएर नेपालकै लागि महत्वपूर्ण उपब्धि भएको मैले ठानेकी छु। हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस वर्ल्डको उपाधि जित्न पनि सकिन्छ भन्ने मलाई लाग्छ’, पृथ्वीयाले भनिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कंदै छिन् ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुले ठुलो सफलताको रुपमा लिएको बताए । प्रतियोगितामा मिसेस वल्र्ड २०२३ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन् । मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन् । विश्वका ५७ भन्दा बढी देशका बिबाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए ।

कमेन्ट गर्नुहोस्