‘माग्ने राजा’मा आर्यन

फिल्म । फागुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म ‘माग्ने राजा’ मा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ । निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार फिल्ममा उनको भूमिका महत्वपूर्ण छ । पछिल्लो समय लगालग ठूला-ठूला फिल्ममा देखिन थालेका आर्यनले ‘महाभोज’को छायाँकन सकेलगत्तै ‘माग्ने राजा’को सेट ज्वाइन गर्ने गरी सहमति दिएका हुन ।

माग्ने र आर्यन तेश्रो पटक फिल्मको पर्दामा सँगै देखिन लागेका हुन । यो फिल्ममा पनि आर्यनको ‘छक्का पञ्जा’को जस्तै एक्सटेन्डेन्ट केमियो हुनेछ । यद्यपि उनको पात्रले फिल्मको विषयमा प्रभाव पार्ने छ । समीप्याराज तिमल्सेनाको पटकथा रहने फिल्ममा केदार घिमिरे (माग्ने बुढा) शीर्ष भूमिका मा देखिनेछन । यि बाहेक अभिनेत्रीमा बर्षा शिवाकोटी, मिस पवि, शिशिर बाङदेल लगायतका कलाकार फाइनल भईसकेका छन । फिल्मको छायाँकन नरेन्द्र मैनालीले गर्दैछन भने संगीत दीपक शर्माले तयार गर्दैछन ।

यसलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन ।

कमेन्ट गर्नुहोस्